काठमाडौं, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-२ खनेखर्कमा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। सोमबार बिहान निशंखेबाट चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १-०७-००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक वर्षदेखि ३४ वर्ष उमेर समूहका छन्। उनीहरूको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा ‘सम्मान गारत’
Next Article उपत्यकामा ५६६ सवारीचालक कारबाहीमा


NPL Special
NPL Special
NPL Special
NPL Special