आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म प्रतियोगिता नेपालमा आयोजना हुने जानकारी दिएको हो ।
प्रतियोगितामा आइसिसी विश्वकप लिग-२ का अन्तिम चार टोली तथा आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठवटा टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको शीर्ष चारमा स्थान हासिल गर्ने टोली सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् । नेपालसामु लगातार दोस्रोपटक एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने अवसर छ ।
यसैबीच, प्रतियोगिता नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खला पूर्वनिर्धारित तालिकामा नहुने भएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा नेपाल र भारत ‘ए’ बीचको नयाँ खेल तालिका तय गरिने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
Previous Articleचार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान
Next Article पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता


