भारतीय क्रिकेट कमेन्टेटर मिखाइल वासवानी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पुनः फर्किने भएका छन्। उनले भिडियो सन्देशमार्फत नेपाली दर्शकलाई चाडपर्वको शुभकामना दिँदै ‘हिमालको महोत्सव’ मा जोडिन पाउँदा खुसी व्यक्त गरे।
आगामी सोमबारदेखि त्रिवि मैदानमा सुरु हुने यस प्रतियोगितामा ८ टोलीबीच ३२ खेल हुनेछन्। उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।


