रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको पदमार्ग स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा अस्थायी फड्के पुल निर्माण भएसँगै पर्यटकका लागि खुला भएको हो ।
रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले भोटेकोशी बाढीले क्षति पुगेको स्याफ्रुबेँसीमा आवतजावतका लागि अस्थायी पुल निर्माण भएसँगै पर्यटकका लागि उक्त पदमार्ग खुला भएको जानकारी दिए ।
उक्त पदमार्ग भएर वार्षिक एक हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन् । तिब्बती प्रभाव र परम्पराले भरिपूर्ण तामाङ समुदायको जीवनशैली, ढुङ्गाले कुँदिएका घर तथा काठका झ्यालहरू, गुम्बा, मानेलगायतको अवलोकन गर्न मिल्ने उक्त पदमार्गमा सातदेखि १० दिनसम्म पदयात्रा गर्न सकिनेछ । उक्त पदमार्गमा आमाछोदिङ गाउँपालिकाको स्याफ्रुबेँसी, बाहुनडाँडा, गोल्जुङ, गत्लाङ हुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
Next Article यु-१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा


