विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको समस्या समाधानमा चासो देखाएका छन् ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहनुभएका मन्त्री पुनले शनिबार बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतको पहिरोका साथै गत महिना म्याग्दी नदीमा आएको बाढीले क्षति पुर्याएको प्राकृतिक उपचारस्थल सिङ्गा-तातोपानी कुण्डको निरीक्षण गरी स्थानीयसँग छलफल गरेका छन् ।
“फापरखेत पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन गरेको छ, केही दिनअघि पूर्वाधारमन्त्री सुनील लम्सालले पनि निरीक्षण गर्नुभएको छ, बर्खाअघि नै फापरखेत पहिरोमा जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउछौँ”, उनले भने, “सिङ्गा-तातोपानी कुण्डको पुनर्निर्माणका लागि लागत अनुमान गरेर बजेट माग गर्नुहोस्, सरकारले सहयोग गर्छ ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
फापरखेत पहिरो र सिङ्गा-तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो
Previous Articleतनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
Next Article सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु


