तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत खेतीको क्षेत्रफल बढ्नुका साथै हजारौँ किसान लाभान्वित भएका छन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई गोरखाका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तनहुँमा तरकारी जोन सुरु भएयता दुई सय १८ हेक्टर र धान जोन सुरु भएयता ८५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ
तनहुँमा आर्थिक वर्ष २०७५/७६ देखि तरकारी जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय पाँच हेक्टर क्षेत्रफलमा सञ्चालन भएको तरकारी जोन अहिले विस्तार भएर सात सय २३ हेक्टर पुगेको छ । यस अवधिमा तरकारी खेतीको क्षेत्रफल दुई सय १८ हेक्टरले बढेको हो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० देखि धान जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय हेक्टर क्षेत्रफलमा रहेको धान जोन अहिले विस्तार भएर पाँच सय ८५ हेक्टर पुगेको छ । धान खेतीको क्षेत्रफल पनि ८५ हेक्टरले वृद्धि भएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपोखरामा पर्यटकीय चहलपहल बढ्यो


