दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।
क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ । चितवन राइनोज स्पोर्टस क्लबका अध्यक्ष आयुष न्यौपानेले दुर्लभ एक सिङ्गै गैँडा संरक्षणमा क्लब लागेको बताए । उनले भने, “हाम्रो नाम नै गैँडासँग जोडिएकाले हामी यसको संरक्षणमा पनि योगदान दिन लागेका हौँ ।”
यस क्लबले एक सिङ्गे गैँडाको तस्बिर राखेर संरक्षणका लागि सन्देश प्रवाह गर्दै आएको छ । चितवन मेडिकल कलेजको भगिनी संस्था ‘चितवन राइनोज’ ले पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडालाई अहिले क्रिकेटको माध्यमबाट थप चिनाउँदै आएको छ । त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राइनोज’ ले खेलमार्फत चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
Next Article एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह


