काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा अपराध कर्ममा संलग्न ९२ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले सार्वजनिकस्थल, यातायातका साधन, सरकारी कार्यालय आसपास तथा बढी भीडभाड हुने क्षेत्रलाई लक्षित गरी अभियान सञ्चालन गरेको जनाएको छ ।
परिसरका अनुसार पक्राउ परेकामध्ये ८४ जना पुरुष र आठ जना महिला छन् । पक्राउ परेकामा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्का गरिएका व्यक्तिदेखि अदालतबाट दोषी ठहर भई फरार रहेका कसुरदारसमेत छन् ।
विशेष स्वीप अपरेसनका क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका १३ जना फरार कसुरदारसमेत पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका तथा अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिको खोजीलाई समेत अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special