नेपाल र भारतका सीमा सुरक्षा निकायबीच सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा आपसी समन्वय बढाउने उद्देश्यले १०औँ द्विपक्षीय बैठक सुरु भएको छ। दुई दिनसम्म चल्ने बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्। बैठकमा मानव तस्करी, लागुऔषध ओसारपसार, सीमा स्तम्भ संरक्षण, अवैध आवागमन र विपद् व्यवस्थापनबारे छलफल हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special