मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि कर्जा लगानी भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाले उक्त रकम कृषि कर्जातर्फ प्रवाह गरेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मधेस प्रदेशका आठ जिल्लामध्ये धनुषामा एक अर्ब दुई करोड रुपैयाँ अर्थात् १६.५४ प्रतिशत र सबैभन्दा कम सप्तरीमा ३० करोड रुपैयाँ अर्थात् ४.८७ प्रतिशत कर्जा प्रवाह भएको छ ।
प्रतिवेदनअनुसार मधेस प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान उल्लेखनीय रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यस क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहने अनुमान गरिएको छ ।
त्यस्तै, सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१४ प्रतिशत रहने अनुमान छ । यस अवधिमा मधेस प्रदेशको प्रतिव्यक्ति जिडिपी अमेरिकी डलर ९३४ रहने अनुमान गरिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकाठमाडौँ महानगरद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग
Next Article डिङ्बोचेको पुरानो ‘गुड लक होटल’ आगलागीमा जलेर नष्ट



NPL Special
NPL Special