काठमाडौँ महानगरपालिकाले वाल्मीकि विद्यापीठलाई रु २० लाख आर्थिक सहयोग गरेको छ ।
महानगरपालिका शिक्षा विभागले संस्कृत शिक्षा प्रवर्द्धन शीर्षकअन्तर्गत नेपाल संस्कृत विश्वविद्यालयको उक्त विद्यापीठलाई फर्निचर तथा पुस्तकालय विकास अनुदान कार्यक्रमका लागि रु २० लाख सहयोग गरेको हो ।
महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले सो रकम वाल्मीकि विद्यापीठका प्राचार्य अच्युत लामिछानेलाई हस्तान्तरण गरे।
विद्यापीठका नाममा निकासा भएको रकम लक्षित उद्देश्यअनुरूप कार्य अघि बढाउन खर्च गरिने प्राचार्य लामिछानेले जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleलागुऔषधसहित ३१ जना पक्राउ
Next Article मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह



NPL Special
NPL Special