युरोपेली केन्द्रीय बैंक (इसिबी) की अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो आठवर्षे कार्यकाल सकिनुभन्दा नौ महिनाअघि आगामी फेब्रुअरी ७ मा पद छाड्ने भएकी छिन् । उनको निर्णयले युरोपेली सङ्घ (इयु) का नेताहरूलाई सन् २०२७ को फ्रान्सको राष्ट्रपतीय निर्वाचनअघि नयाँ अध्यक्ष चयन गर्ने अवसर दिनेछ । यसबाट दक्षिणपन्थी उम्मेदवार मरिन ले पेन विजयी भएमा नियुक्ति प्रक्रियामा पर्न सक्ने प्रभाव रोक्न खोजिएको विश्लेषकहरूको भनाइ छ ।
सत्तरी वर्षीया लेगार्डको कार्यकाल सन् २०२७ अक्टोबर ३१ मा सकिने तय थियो । उनले इसिबीको नेतृत्व गर्न पाउनुलाई गर्व र सौभाग्यको विषय बताउँदै पदसँग जोडिएको राजनीतिक तटस्थताको दायित्वबाट मुक्त भएर मौद्रिक नीतिबाहेकका विषयमा पनि स्वतन्त्र रूपमा बोल्न चाहेको बताएकी छिन ।
इसिबीले युरो प्रयोग गर्ने २१ देशको ब्याजदर निर्धारण गर्छ । यसले घर खरिददेखि उद्योग स्थापना गर्नेसम्मको ऋण लागत प्रभावित पार्छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकोशी ब्यारेजको विकल्पमा सप्तकोशीमा नयाँ पुल निर्माण हुने



NPL Special
NPL Special