काठमाडौं, डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको घटनाबारे छानबिन सुरु भएको छ। घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि पनि छन्। फरार कैदीहरूको खोजी जारी रहेकाले उनीहरू अझै पक्राउ परेका छैनन्। समितिले कैदीहरू फरार हुनुको कारण र कारागारको सुरक्षा व्यवस्थाबारे अनुसन्धान गर्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगे
Next Article बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला



NPL Special
NPL Special