काठमाडौं,
नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ ।
नेपाल आएका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र पर्यटनका विविध पक्ष समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार गर्नेछन् । ती सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ प्रस्तुत गरिने छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमहँगीले थिचिएपछि युरोपका सहरमा उत्रिए हजारौँ मानिस
Next Article डोल्पा कारागारबाट आठ कैदी कसरी भागे? छानबिन सुरु



NPL Special
NPL Special