म्याग्दी, गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वार गाउँदेखि खोप्रा (खोपारा) जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ ।
पाउद्वारका बासिन्दाले श्रमदान गरेर पाउद्वार-खोप्रा-खयर पदमार्गको पाउद्वार-हिलडाँडा-लरेनी खण्डको मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनले पदमार्ग मर्मत गरी सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिए ।
“श्रमदान गरेर पहिरो पन्छाउने र नयाँ मार्ग बनाएर पदमार्ग सञ्चालन गरिएको हो,” ,उनले भने,“दुई सय घरपरिवार रहेको पाउद्वारका बासिन्दा पहिरोले क्षति पु¥याएको पदमार्ग, विद्युत् र खानेपानी योजना मर्मतका लागि एक महिनादेखि श्रमदान अभियानमा छौँ ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएसियाली राजमार्ग निर्माणको अवरोध हटाउन झापा प्रशासनको पहल
Next Article फ्लोरिडामा विमान दुर्घटना: ९ जनाको मृत्यु



NPL Special
NPL Special