सोलुखुम्बु, सोलुखुम्बुको फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई पाइलटसहित तीन जना घाइते भएका छन्।
नेपाल प्रहरीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका-४ फेरुचेमा सोमबार बिहान अवतरणका क्रममा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर एक-आपसमा ठोक्किएका थिए। दुर्घटनामा भारतको चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव लुक्ला ल्याइएको छ।घाइतेमध्ये न्युजिल्यान्डका नागरिक सेलिशकुमार पटेल र फिस्टेलका पाइलट रविन्द्र प्रजापतिलाई उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको छ। डाइनेस्टी एयरका पाइलट प्रजल केसीको लुक्लामै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सोलुखुम्बुको फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर ठोक्किँदा एकको मृत्यु, तीन घाइते
Previous Articleछ मिटरभन्दा कम चौडाइका सडकमा बागमती प्रदेशले बजेट नदिने
Next Article १८ दिनपछि मन्त्रिपरिषद् बैठक बस्दै



NPL Special
NPL Special