कास्की, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले खेलाडी छनोटलगायत तयारीलाई तीव्र गति दिएको छ । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लागि यहाँका खेल सङ्घले तयारी अघि बढाएका हुुन् ।
गण्डकी प्रदेश आर्चरी सङ्घले प्रतियोगिताका लागि २२ खेलाडी छनोट गरेको छ । सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा दुई दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगिताबाट विभिन्न इभेन्टमा १२ पुरुष र १० महिला खेलाडी छनोट भएको गण्डकी आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए ।
छनोट भएका खेलाडीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । छनोट प्रतियोगितामा मुस्ताङ, म्याग्दी, बागलुङ र कास्कीका गरी ३४ खेलाडी सहभागी भएका थिए । सहभागीमध्ये २४ पुरुष र १० महिला खेलाडी थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
Next Article इरान युद्ध र महँगीका कारण चुनाव हारियो: ट्रम्प



NPL Special
NPL Special