वासिङ्टन डीसी, अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले पराजय भोग्दै संसदका दुवै सदन गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी हारको कारण इरान युद्ध भएको भन्ने उपराष्ट्रपति जेडी भान्सको दाबीलाई ‘धेरै हदसम्म सत्य’ भएको बताएका छन् ।
बिहिबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको सैन्य द्वन्द्वका कारण इन्धन (ग्यास) को मूल्यमा भएको अत्यधिक वृद्धि नै हारको मुख्य कारक भएको स्वीकार गरे। मतदाताहरूले इरान नीतिलाई समर्थन गरे पनि युद्धका कारण बढेको महँगीको तत्कालीन आर्थिक भारलाई रुचाउन नसकेको उनको भनाइ थियो । यद्यपि, इरानलाई आणविक हतियार बनाउन नदिन यो युद्ध आवश्यक रहेको दाबी ट्रम्पले दोहोर्याएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleराष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट
Next Article पोखरामा सयपत्री पुष्प मेला सुरु



NPL Special
NPL Special