काठमाडौं, सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुनेछ ।
कार्यालयका रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले कम्पनी सञ्चालकलाई समयमै विवरण अद्यावधिक गरी जरिवाना मिनाहाको सुविधाबाट लाभ लिन आग्रह गरेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
Previous Articleबैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
Next Article राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट



NPL Special
NPL Special