कास्की, पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार उद्घाटन गरेका हुन्।
यही कात्तिक २३ गतेसम्म पोखरा रङ्गशालास्थित खेलमैदानमा सञ्चालन हुने मेलामा स्थानीय कृषकले उत्पादन गरेका सयपत्री फूलसहित विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीमा राखिनेछ । तिहारमा फूलको माग बढ्ने भएकाले मेलाले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्ने विश्वास गरिएको छ ।
स्थानीय फूल उत्पादक कृषकलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleइरान युद्ध र महँगीका कारण चुनाव हारियो: ट्रम्प
Next Article नेपाल प्रत्यायन केन्द्रको उद्घाटन



NPL Special
NPL Special