काठमाडौं, विद्यालय शिक्षाको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) मा करिब दुई लाख विद्यार्थीको दोहोरो तथा फर्जी विवरण रहेको विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन गर्ने भएको छ।
यस्ता विवरणका आधारमा दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक र पोसाकलगायतका अनुदान दुरुपयोग भएको आशङ्कामा सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको मन्त्री सस्मित पोखरेलले जनाएका छन्।
यसअघि असोज मसान्तभित्र गलत विवरण हटाउन निर्देशन दिइए पनि पूर्ण कार्यान्वयन नभएपछि समिति गठन गरिएको हो। समितिले शङ्कास्पद विद्यालयमा स्थलगत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ। गलत विवरण प्रविष्ट गरी बजेट दुरुपयोग गरेको पाइएमा प्रधानाध्यापक, आईईएमआईएस फोकल पर्सन तथा जिम्मेवार कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
करिब दुई लाख विद्यार्थीको विवरणमा अनियमितता आशङ्का, छानबिन समिति गठन
Previous Articleआजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर



NPL Special
NPL Special