रसुवा, समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र र मनमोहक हिमाली दृश्यले भरिपूर्ण यो क्षेत्र आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा भने ओझेलमा परेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङका अनुसार पार्वतीकुण्ड प्राकृतिक सौन्दर्यको अनुपम उपहारमात्र नभई हिन्दू र बौद्ध धर्मावलम्बीको ऐतिहासिक तथा धार्मिक धरोहर पनि हो ।उनले भनिन, “यहाँ अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रचुर सम्भावना छ । तर, आवश्यक भौतिक पूर्वाधार र राष्ट्रियस्तरमा प्रचारप्रसार हुन नसक्दा यो क्षेत्र अझै ओझेलमा छ । गाउँपालिकाले संरक्षण र स्थानीयस्तरमा प्रवर्द्धनका प्रयास गरिरहेको भए पनि यसको समग्र विकासका लागि सङ्घीय तथा प्रदेश सरकारको विशेष बजेट र रणनीतिक योजनाको आवश्यकता छ ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प



NPL Special
NPL Special