गोरखा, सडक सञ्जालको पहुँच पुग्न नसकेको उत्तरी गोरखाको हिमाली भेग चुमनुब्री गाउँपालिकाका बासिन्दा बजारमा ३० रुपैयाँ पर्ने आयो नुन प्रतिकिलो २०० रुपैयाँसम्म तिन बाध्य छन्। नेपाल सरकारले सिर्दिबास (जगत) सम्मका लागि ढुवानी अनुदान दिए पनि त्यो नुन माथिल्लो भेगका सामागाउँ, साम्दो, छुले र निले जस्ता दुर्गम बस्तीसम्म पुग्दैन।
पाङसिङसम्म मात्र मोटर बाटो पुगेकाले त्यहाँबाट खच्चडमार्फत तीन दिनको पैदल दूरीमा रहेका तिब्बती सीमावर्ती गाउँहरूमा सामान लैजाँदा प्रतिकिलो ढुवानी भाडा नै १०० रुपैयाँसम्म लाग्ने गरेको छ। नेपाली सेनाले पेवासम्म ट्र्याक खोले पनि बजेट अभावका कारण बेनिघाट-आरुघा-लार्के सडक निर्माण सुस्त हुँदा स्थानीय बासिन्दा नुन लगायतका खाद्यान्न महँगोमा किन्न बाध्य छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleजापानले इन्फान्टिनोविरुद्ध फिफा अध्यक्षमा उम्मेदवारी दिने
Next Article एनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा



NPL Special
NPL Special