काठमाडौं, प्रहरीले देशका ६ जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई नियन्त्रणमा लिएको छ। मकवानपुर, बर्दिया, उदयपुर, नवलपरासी पश्चिम, सुनसरी र कैलालीबाट खैरो हेरोइन, ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार मकवानपुरबाट ५ जना, बर्दिया र उदयपुरबाट २-२ जना तथा अन्य जिल्लाबाट १-१ जना समातिएका छन्। बरामद लागूऔषधसहित पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special