रुपन्देही, देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलवार बजारमा कात्तिक २६ गते राति करिब १२ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा देवदह नगरपालिका-७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका-३ की २१ वर्षीया प्राप्ति बस्नेत छन्। नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने गतिविधि गरेको भन्दै उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleश्रमदान गरेर सडक मर्मत
Next Article अमेरिकाका लागि रुसी राजदूतको निधन


NPL Special
NPL Special
NPL Special
NPL Special