म्याग्दी, मालिका गाउँपालिका-५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ ।
क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा मङ्गलबार श्रमदान गरी मोटरबाटोमा जमेको माटो, ढुङ्गा तथा झाडी हटाउनाका साथै आवश्यक मर्मतसम्भार गरिएको हो ।
बर्खायाममा अवरुद्ध सडक मर्मतमा ढिलाइ हँुदा स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको थियो । सरकारी निकायको मुख ताकेर बस्दा ढिलाइ भएपछि युवाहरुले सडक मर्मतका लागि अगुवाइ गरेका हुन् ।
अभियानमा ३० जना युवा सहभागी भएको क्लबका सचिव सुभास पुन मगरले जानकारी दिए । उनका अनुसार तिहार मनाउन जन्मथलोमा भेला भएका युवीहरुले सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले सडक मर्मत गर्न श्रमदान गरेका हुन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध
Next Article देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special