काठमाडौं, मधेसको प्राचीन मिथिला क्षेत्रमा चारदिने छठ पर्वको रौनक छाएको छ। पर्वको पहिलो दिन शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गरेका व्रतालु आज शनिबार ‘खरना’ विधिको तयारीमा जुटेका छन्।
खरनाका दिन व्रतालु दिनभरि निराहार उपवास बसेर साँझ चन्द्रदर्शनपछि सख्खर, दूध र चामलबाट बनाइएको खीर छठी मातालाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। नयाँ माटोको चुलो र भाँडामा तयार गरिने यो प्रसाद परिवारका सदस्यलाई समेत बाँडिन्छ।
पर्वको तेस्रो दिन आइतबार व्रतालुले जलाशय तथा नदी किनारका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। चौथो दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।
छठमा ठकुवा, भुसुवालगायत परम्परागत परिकार र फलफूल प्रसादका रूपमा चढाइन्छ। पछिल्लो समय मधेसी समुदायमा सीमित नरही पहाडी समुदायमा समेत लोकप्रिय बन्दै गएको छठले धार्मिक तथा सांस्कृतिक सद्भाव र सामाजिक एकताको सन्देश दिँदै आएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special