काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् वितरण लाइन बिछ्याउने कामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न फिडरमा मंसिर ३ देखि १४ गतेसम्म दैनिक बिहान १०:३० देखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । यसअनुसार दैनिक ५ घण्टा ३० मिनेट विद्युत् अवरुद्ध हुनेछ ।
| मिति (२०८३) | फिडर (सबस्टेसन) | विद्युत् बन्द हुने क्षेत्र |
|---|---|---|
| ०८/०३ | बलम्बु/थानकोट | बल्खु खोला पुल, नैकाप |
| ०८/०४ | धोबीखोला/बत्तीसपुतली | लुम्बिनीदेखि शिफल ग्राउण्डसम्म |
| ०८/०५ | कालिमाटी र बाफल | स्युचाटार पुल |
| ०८/०६ | बलम्बु/थानकोट | बल्खु खोला पुल, नैकाप |
| ०८/०७ | कोटेश्वर/इमाडोल | ईडीटीआर १ र ईडीटीआर १ए |
| ०८/०८ | बलम्बु/थानकोट | बल्खु खोला पुल, नैकाप |
| ०८/०९ | कोटेश्वर | ईडीटीआर २६ए र ईडीटीआर ४ |
| ०८/१० | धोबीखोला/बत्तीसपुतली | शिफल ग्राउण्डदेखि कालोपुलसम्म |
| ०८/११ | बलम्बु/थानकोट | सतुङ्गलदेखि डुङ्गे अड्डासम्म |
| ०८/१२ | कोटेश्वर | ईडीटीआर ७ए र ईडीटीआर ८ |
| ०८/१३ | थानकोट | बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म |
| ०८/१४ | धोबीखोला/बत्तीसपुतली | शिफल ग्राउण्डदेखि कालोपुलसम्म |
प्राधिकरणका अनुसार मौसम प्रतिकूल भएमा उक्त कार्यतालिका रद्द हुनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special