काठमाडौं, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले यसअघि लागू रहेको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लाई अन्तरराष्ट्रिय अभ्यास अनुसार परिमार्जन गरी नयाँ नामसहित विस्तारित नियामकीय संरचना प्रस्ताव गरेको हो ।
मस्यौदाको मुख्य उद्देश्य नेपालमा ‘प्राइभेट इक्विटी’ तथा ‘भेन्चर क्यापिटल’लगायत वैकल्पिक लगानी कोषलाई संस्थागत स्वरूप प्रदान गर्नु, निजी पुँजी परिचालन बढाउनु, लगानी व्यवस्थापन व्यवस्थित गर्नु तथा लगानीकर्ताको हित संरक्षण गर्नु रहेको छ । बैंक ऋण र सार्वजनिक पुँजी बजारबाट मात्रै उद्यमशीलता, स्टार्टअप, साना तथा मझौला व्यवसाय र प्रविधि विकासका लागि पर्याप्त स्रोत उपलब्ध नहुने अवस्थालाई ध्यानमा राख्दै दीर्घकालीन जोखिम वहन गर्न सक्ने निजी पुँजी परिचालनको माध्यम विकास गर्न खोजिएको बोर्डले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleतीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति


NPL Special
NPL Special
NPL Special
NPL Special