काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्न लागेको चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजको खेलमा सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनले मौका पाएका छन्। चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ।
आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने चितवनले अघिल्लो दिन काठमाडौँ गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको थियो।
खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको दोस्रो नम्बरको पिचमा भइरहेको छ। यही पिचमा पोखराले यसअघि २०० रनभन्दा बढीको योगफल बनाएको थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special