काठमाडौं, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा बाबुले बन्चरो प्रहार गर्दा दुई सन्तानको मृत्यु भएको छ भने श्रीमती र अर्का एक छोरा गम्भीर घाइते भएका छन्।
शनिबार बिहान करिब ९:३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले सामान्य घरायसी विवादका क्रममा श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका थिए।
घटनामा गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र तीन वर्षीया छोरी करिश्मा सलामीको उपचारका क्रममा दुल्लु नगर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। चिकित्सकले बिहान ११:१० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए।
घटनामा घाइते ३५ वर्षीया श्रीमती मनीषा र ६ वर्षीय छोरा मिलनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special