काठमाडौं, पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले चार दिनको म्याद थप गरेको छ।
शुक्रबार काठमाडौँ जिल्ला अदालतले अर्याललाई थप चार दिन हिरासतमा राख्न नेपाल प्रहरीलाई अनुमति दिएको हो।
मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको ठगी तथा रकम विदेश पठाइएको प्रकरणमा अनुसन्धानका लागि उनलाई म्याद थप गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार अदालतमा उपस्थित गराएको थियो।
भारतको दिल्लीमा पक्राउ परेका अर्याललाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special