काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ। भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी भएको हो।
समझदारीमा फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक अधिकारीहरूको तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा र पशुपालन तथा मत्स्यपालनका विषय समेटिएका छन्।
समझदारीअनुसार नेपाल प्रहरी र भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालयबीच अनुसन्धानमा सहकार्य हुनेछ। त्यस्तै, प्रहरी प्रशिक्षण, सरकारी अधिकारीहरूको क्षमता अभिवृद्धि तथा स्वास्थ्य र परम्परागत उपचार पद्धतिमा समेत सहकार्य गरिनेछ।
यसैगरी, दक्षिण एसिया स्याटेलाइटको प्रयोग, दिगो सहरी विकास तथा पशुपालन र मत्स्यपालनको विकासमा दुवै देशले मिलेर काम गर्नेछन्।


NPL Special
NPL Special
NPL Special
NPL Special