काठमाडौं, भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सहयोगमा निर्माण भएका तथा निर्माण हुन लागेका पाँच परियोजनाको उद्घाटन र शिलान्यास गरेका छन्। सोमबार नयाँ दिल्लीमा दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा स्वीच थिचेर चार परियोजनाको शिलान्यास र एउटाको उद्घाटन गरेका हुन्।
शिलान्यास गरिएका परियोजनामा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा नाकाको एकीकृत जाँच चौकी, झापाको चारआलीमा निर्माण हुने ग्यास पाइपलाइन र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन्।
त्यस्तै, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन गरिएको छ। यसअन्तर्गत भारतबाट पेट्रोल र मट्टितेल पाइपलाइनमार्फत नेपाल आउन थालेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special