काठमाडौं, विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ सिस्टम’ (सीबीएस) को परीक्षण गरिने भएको छ।
गृह मन्त्रालयका अनुसार सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा सोमबार साँझ प्राविधिक परीक्षण गर्न लागिएको हो। परीक्षणका क्रममा काठमाडौंका केही क्षेत्रमा सतर्कता सन्देश प्राप्त हुन सक्ने भएकाले नआत्तिन मन्त्रालयले आग्रह गरेको छ।
सीबीएस प्रविधिमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ। यसका लागि सिमकार्ड वा इन्टरनेट आवश्यक पर्दैन।
प्रारम्भिक परीक्षण सफल भएमा प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गरिनेछ। यसबाट बाढी, पहिरोलगायत विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन र सम्भावित क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special