काठमाडौं, सर्वोच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) परीक्षण गर्ने सफ्टवेयर प्रयोगसम्बन्धी त्रिभुवन विश्वविद्यालयविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत प्रशासनले यसअघि गरेको दरपीठ आदेश बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको हो।
कानूनका विद्यार्थी रोशन आउजी, विवेक चौधरीलगायतले विश्वविद्यालयहरूले राज्यको स्पष्ट नीति र कानुनी आधारबिनै एआई डिटेक्सन सफ्टवेयर प्रयोग गरेको दाबी गर्दै रिट दिएका थिए।
उनीहरूले गैरप्रमाणित सफ्टवेयरका कारण मौलिक रूपमा तयार पारिएका शोधपत्र, प्रतिवेदन तथा अन्य शैक्षिक सामग्रीलाई समेत एआईबाट सिर्जित भन्दै अस्वीकार गर्ने गरिएको जिकिर गरेका छन्।
रिटमा एआई प्रयोगसम्बन्धी नीति र कानुन नबन्दासम्म विश्वविद्यालयहरूले स्वेच्छाचारी रूपमा यस्ता सफ्टवेयर प्रयोग गर्न नपाउने माग गरिएको छ। साथै, एआई डिटेक्सनको औचित्य अध्ययन गर्न उच्चस्तरीय विशेषज्ञ समिति गठन गर्न पनि माग गरिएको छ।
निवेदकहरूले विद्यार्थीका व्यक्तिगत विवरण विदेशी सर्भरमा पठाइने अभ्यासले गोपनीयताको अधिकारसमेत उल्लङ्घन गरेको दाबी गरेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special