काठमाडौं, म्याग्दीको बेनी नगरपालिका-४ सिंगाका तेजबहादुर बानियाले तीन दशकअघि मजदुरी छाडेर सुरु गरेको तरकारीखेतीबाट आर्थिक आत्मनिर्भरता हासिल गरेका छन्। विसं २०५२ मा कृषि तालिम लिएपछि व्यावसायिक खेती सुरु गरेका उनले अहिले साढे दुई रोपनीमा तरकारी, तीन रोपनीमा केरा र पोखरीमा माछापालन गर्दै आएका छन्। उनको हराभरा कृषि तथा पशुपन्छी फार्मबाट वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म कारोबार हुन्छ। खेतीबाट परिवारको खर्च र छोराछोरीको पढाइ सहज भएको उनी बताउँछन्। उनले अरूलाई समेत रोजगारी दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special