काठमाडौं, लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यसहित आज नोभेम्बर २५ देखि विश्वभर १६ दिने अभियान सुरु हुँदैछ। महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा सुरु हुने अभियान डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म सञ्चालन हुनेछ।
अभियानले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्नेछ। संयुक्त राष्ट्रसङ्घले हिंसापीडितलाई न्याय, सुरक्षा र आवश्यक सेवा उपलब्ध गराउन तथा दोषीलाई जवाफदेही बनाउन आह्वान गरेको छ।
नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमसहित अभियान सञ्चालन हुँदैछ। यसले लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि र पीडितको संरक्षण तथा न्याय सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleयस्तो छ आजको मौसम पूर्वानुमान
Next Article डलर १४८ रुपैयाँ नाघ्यो, पाउन्ड १९४ रुपैयाँ नजिक


NPL Special
NPL Special
NPL Special
NPL Special