काठमाडौं, चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
यसलाई चीन–पाकिस्तान अन्तरिक्ष सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । अन्तरिक्ष यात्रीहरुमा पाकिस्तानका ४० वर्षीय मुहम्मद जिशान अली तथा चीनका ५१ वर्षीय ताङ होङ्बो र ३९ वर्षीय वु यी रहेका छन ।अली र वुका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने ताङ यसअघि दुई पटक अन्तरिक्षमा पुगिसकका छन ।
यो अभियान चीनको मानव अन्तरिक्ष कार्यक्रम अन्तर्गत पहिलो पटक विदेशी र चिनियाँ अन्तरिक्ष यात्री सम्मिलित संयुक्त उडानको इतिहास बनाएको हो । यो संयुक्त अभियान सन् २०२५ फेब्रुअरीमा भएको चीन–पाकिस्तान सम्झौताको हिस्सा हो ।
चालकदलले अभियानका क्रममा ९० भन्दा बढी वैज्ञानिक प्रयोग तथा प्रविधि परीक्षण गर्नेछ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाको नासाले भने सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने योजना बनाएको छ ।


NPL Special
NPL Special
NPL Special
NPL Special