काठमाडौं, चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी बजारको खुल्ला मञ्चमा लाइभ प्रस्तुति दिएको छ ।
१५ वर्षपछि बेनीमा आयोजित कन्सर्टमा गायक अमृत गुरुङले ‘आगनैभरि’, ‘भेडाको ऊनजस्तो’, ‘जोमसोमे बजारमा’ र ‘गाउँ गाउँबाट उठ’ लगायतका लोकप्रिय गीत सुनाउँदा हजारौँ दर्शक करिब दुई घण्टासम्म झुमेका थिए ।
गीतबीच गुरुङले सामाजिक एकता, मानव कल्याण र देश निर्माणका लागि एकजुट हुन आह्वान गरे । कार्यक्रममा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की र मुस्ताङबाट समेत दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदशौँ राष्ट्रिय खेलकुदमा आज आठ विधाका प्रतिस्पर्धा हुँदै


NPL Special
NPL Special
NPL Special
NPL Special