काठमाडौं, स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र दिगो बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ऐन संशोधन प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य मन्त्री निशा मेहताको नेतृत्वमा बिहीबार सम्बन्धित निकायसँग छलफल भएको हो। प्रस्तावित संशोधनमा कर्मचारी, स्वरोजगार र सबै नागरिकलाई बीमाको दायरामा समेट्ने, उपचार सुविधाबीच समन्वय गर्ने तथा आर्थिक रूपमा कमजोर नागरिकको उपचार खर्च राज्यले व्यहोर्ने व्यवस्था समेटिएको छ। विधेयक छिट्टै संसद्मा दर्ता गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special