काठमाडौं, काठमाडौँको ठमेलस्थित स्नोलाइन होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माल्दिभ्सका नागरिक युगित इब्राहिम र चितवनकी २० वर्षीया स्नेहा रिमाल रहेका छन्।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलको १०४ नम्बर कोठामा तलासी गर्दा नेपाली रुपैयाँ ५० लाख ५० हजार, चार हजार २१५.०९ ओमानी रियाल र ५५ दिराम फेला पारेको थियो। त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
यसैगरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पिपलबोटबाट स्रोत नखुलेको भारतीय पाँच लाख ५० हजार रुपैयाँसहित ४५ वर्षीय भारतीय नागरिक सन्तोष सिंह पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले पक्राउ गरेको हो।


NPL Special
NPL Special
NPL Special
NPL Special