काठमाडौं, साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना निको भइसकेका छन् भने दुई जनाको उपचार भइरहेको छ।
साउदी अरबको जाजानस्थित तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा नेपालीसहित विभिन्न देशका कामदार प्रभावित भएका थिए। अलजजिराका अनुसार साउदी नेतृत्वको गठबन्धनले उक्त आक्रमणमा यमनका हुथी विद्रोहीको संलग्नता रहेको आरोप लगाएको छ। आक्रमणपछि केन्द्रको सञ्चालनसमेत प्रभावित भएको थियो।
मन्त्रालयले नागरिक तथा सार्वजनिक पूर्वाधारलाई निशाना नबनाउन र द्वन्द्वरत पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special