काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा निर्वाचन मङ्सिरमै हुनुपर्ने बताएका छन्।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा उनले निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार निर्धारित समयमै हुनुपर्ने बताएका छन्। प्रदेशसभा निर्वाचन अगाडि सार्न नहुने उनको भनाइ छ।
उनले निष्पक्ष निर्वाचनमा हारजितलाई स्वाभाविक रूपमा लिनुपर्ने र जनताको अभिमतको सम्मान गर्नु नै लोकतन्त्रको मूल मर्म भएको बताएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special