काठमाडौं, विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ। बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी पहिलो अन्तरराष्ट्रिय दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घले यस्तो प्रथा अन्त्य गर्न विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ।
राष्ट्रसङ्घका अनुसार विश्वभर पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ। पछिल्लो २५ वर्षमा करिब ६ करोड ८० लाख बालविवाह रोकिए पनि हालको प्रगतिको गति कायम रहे यसको अन्त्य हुन अझै ३०० वर्ष लाग्ने अनुमान छ।


NPL Special
NPL Special
NPL Special
NPL Special