काठमाडौं, छ दशक पुरानो भवन र साँघुरो कोठा भएको झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी सकसमा बस्न बाध्य छन् । सात सय ५० क्षमता रहेको कारागारमा १७ सय १० जना बस्दै आएका छन ।
कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी कुल एक हजार ७१० जना रहेका छन् । तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन् । लैङ्गिक आधारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला छन् ।
प्रमुख खत्रीले कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक रहेको जानकारी दिए। महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था छ । कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत छन् । राष्ट्रियताका आधारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका कारागार प्रशासनले जनाएको छ ।
विसं २०२० मा निर्माण भएको हालको भवन सुरुमा बढीमा ३५० जना कैदीबन्दी राख्न मिल्नेगरी बनाइएको थियो । पछि आन्तरिक संरचना थपेर कारागारको क्षमता ७५० पुर्याइएको हो ।


NPL Special
NPL Special
NPL Special
NPL Special