काठमाडौं, त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा अतिक्रमण गरी बसेकाहरूलाई सात दिनभित्र खाली गर्न अन्तिम चेतावनी दिएको छ।
त्रिविका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीका अनुसार अतिक्रमित जग्गा खाली गर्न यसअघि ३५ दिनको समय दिइएको थियो। तर उक्त अवधिमा जग्गा खाली नभएपछि पुनः सात दिनको समय दिइएको हो।
उनले थपिएको सात दिनको समय सोमबार सकिने जानकारी दिँदै यस अवधिमा पनि जग्गा खाली नगरे बल प्रयोग गरेर भए पनि हटाउने तयारी रहेको बताए।
त्रिविको जग्गा खोजबिन समितिले समेत अतिक्रमित जग्गा फिर्ता ल्याउन सिफारिस गरेको थियो। विश्वविद्यालयले यसपटक दिएको समयलाई अन्तिम अवसरका रूपमा लिएको जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special