काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा अपराह्न भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।
भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका द्विपक्षीय छलफल, सहमति तथा उपलब्धिबारे जानकारी गराएको बताइएको छ।
यसैगरी, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक राजनीतिक तथा अन्य महत्वपूर्ण विषयमा पनि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। भेटवार्ताबारे जानकारी दिँदै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भारत भ्रमण र समसामयिक विषयमा छलफल भएको बताएका हुन्।


NPL Special
NPL Special
NPL Special
NPL Special