काठमाडौं, नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनपछि निर्वाचन आयोगले पार्टीको विवरण अद्यावधिक गरिसकेकाले आधिकारिक चुनाव चिह्न, झण्डा र नामको दुरुपयोग रोक्न पत्राचार गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डा प्रयोग नगर्न अर्को पक्षलाई सचेत गराउने निर्णयसमेत गरेको सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए।
उनका अनुसार बैठकमा सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको, संविधान र लोकतान्त्रिक संस्थामाथि प्रहार गरेको विषयमा पनि छलफल भएको थियो। साथै स्थानीय तहको निर्वाचन तयारीका लागि देशभरका पालिकामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको छ।
बैठकका पूर्ण निर्णय शनिबार सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special