काठमाडौं, भारतीय क्रिकेटर रोहित शर्मालाई इन्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इन्डियन्सको पुनः कप्तान बनाइएको छ। फ्रेन्चाइजले शुक्रबार रोहितले आईपीएल २०२७ मा टोलीको नेतृत्व गर्ने घोषणा गरेको हो। उनले हार्दिक पाण्ड्याको स्थान लिनेछन्।
रोहितले यसअघि ११ सिजन मुम्बईको कप्तानी गर्दै पाँच पटक आईपीएल उपाधि जिताएका थिए। उनको नेतृत्वमा मुम्बईले सन् २०१३ मा पहिलोपटक आईपीएल उपाधि जितेको थियो।
सन् २०२४ अघि रोहितलाई हटाएर हार्दिकलाई कप्तान बनाइएको थियो। तर, हार्दिकको नेतृत्वमा पछिल्ला तीन सिजनमा मुम्बई एकपटक मात्रै प्लेअफमा पुग्न सफल भएको थियो। उनले कप्तानी गरेका ३९ खेलमध्ये १५ मा मात्रै टोली विजयी भएको थियो।
यसैबीच, मुम्बईले पञ्जाबबाट अर्शदीप सिंहलाई १८ करोड भारतीय रुपैयाँमा भित्र्याएको छ भने हार्दिक पञ्जाब पुगेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special